तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमान्डौ ।योथ काङ्ग्रेसले नेपालको संस्थाले गृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला प्रशासनले लगाएको अनावश्यक निषेधित क्षेत्र हटाउनुपर्ने सन्दर्भमा ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको छ ।

बिहीवार बुझाएको ध्यानाकर्षणपत्रमा नेपाली जनताको दशकौंको संघर्ष र बलिदानीको नतिजा स्वरुप लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । तर व्यवहारमा भने पूर्ववर्ती सरकारले त्यस्तो स्वतन्त्रता कुण्ठित गर्ने सिलसिलेवर प्रयास गरेको आरोप लगाइएको छ । 

पत्रमा माइतीघर मण्डलालगायतका सार्वजनिक ठाउँहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत् अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।  सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत् त्यस्तो निषेधाज्ञा फुकुवा भए पनि अहिलेसम्म पनि त्यस खालको निषेध व्यवहारतः कायम रहँदा शान्तिपूर्वक प्रदर्शन गर्न पाउने आम नागरिकको अधिकार कुण्ठित भइरहेको प्रस्ट परेको छ । 

त्यसैगरी बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडिको निषेधित क्षेत्र पनि अवैध रुपमा बढाउँदै भाटभटेनी चोक नजिकैसम्म पुयाइएको छ । 

पूर्ववर्ती सरकारको तानाशाही यात्रामा सम्मानित सर्वोच्च अदालतले अंकुश लगाएर नयाँ सरकार बनेको अवस्थामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न यस अगाडि चालिएका उल्लिखित निषेधाज्ञा लगायतका सबै कदमहरु फिर्ता गर्दै नयाँ सरकार लोकतन्त्र र नागरिक अधिकारको संरक्षक बनेको सन्देश समेत दिन माग गर्दै ज्ञापनपत्र हस्तान्तरण गरेका हो ।  

माइतीघर मण्डला लगायत काठमाडौंका कयौं स्थानमा विषयलाई गम्भीरतापूर्वक लिई तत्कालै आवश्यक कदम चाल्न माननीय गृहमन्त्रीज्युले गृह सचिवलाई निर्देशन दिनुभएको खाणका सहयोगी दिपेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …