तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।

कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले डिभिजन सडक कार्यालय तथा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सक्रियतामा भासिएको स्थानमा मर्मतपछि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

बिहीबार आएको बाढीले कावासोतीमा ह्युमपाइप बगाएर सडक भासिएपछि निर्माण गरिएको डाइभर्सनबाट साना सवारी साधन एकतर्फीमात्रै सञ्चालनमा ल्याइएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …