तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । सञ्चार क्षेत्रका विज्ञहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले यहाँ आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका’ विषयक अन्तक्र्रियाका वक्ताले पत्रकारिता क्षेत्रलाई मर्यादित र थप जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।उहाँहरूले काउन्सिललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझावसमेत दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको सुनिश्चितता कानूनले गर्ने भएको बताउँदै कानून निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । 

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्ने बताउनुभयो ।

छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबीचको भेद छुट्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता मर्यादित र विश्वसनीयता घटेको छ । 

पर्सनल मिडिया र रेस्पोन्सिवल मिडिया छुट्याउनुपर्छ”, पत्रकार तीर्थ कोइरालाले काउन्सिलले मिडिया उपभोक्ताको कुरा सुन्नुपर्ने, उनीहरूले सही सूचना पाए÷नपाएको हेर्नुपर्ने बताउनुभयो । कार्टुनका विषयमा आचारसंहिता आकर्षित नहुने भन्दै उहाँले काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलग्गिनुपर्ने धारणा राख्नुभयो ।  

महासङ्घका पूर्वमहासचिव उजिर मगरले प्रदेश सरकारले नयाँ नीति ल्याएर नियमनकारी निकाय गठन गरेकाले काउन्सिलको भूमिकामा चुनौती थपिएको बताउनुभयो । पत्रकार बबिता बस्नेतले काउन्सिलको स्वायत्ततामा प्रश्नचिह्न उठेको भन्दै व्यक्तिको सामाजिक सञ्जालमाथिको निगरानीमा काउन्सिलले हात हाल्न नहुने बताउनुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भावनात्मक विषय र व्यावसायिक आचारसंहितालाई नियम तथा कार्यविधिमा कसरी संरचनाभित्र ल्याउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।     

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …