तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मेलम्ची । असार १ गतेको बाढीले क्षतिग्रस्त बनाएको हेलम्बुमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नुभएको छ । 

शनिबार नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओली हेलम्बु गाउँपालिका–२ को गणेशे बगर पुग्नुभएको हो । हेलम्बु पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुसँग भेटघाट गर्नुहुँदै बाढीग्रस्त क्षेत्रको निरीक्षण समेत गर्नुभयो । 

बाढीले विस्थापित भएका हेलम्बुका स्थानीयहरुको अस्थायी आवासमा पुगि तत्काल पुनःनिर्माण हुने बताउनुभयो । 

बाढीबाट पूर्ण विस्थापित पीडितहरुलाई अस्थायी आवास आवास निर्माणमा पचास हजार र स्थायी आवास निर्माणमा पाँच लाख सरकारले उपलब्ध गराउनेछ’– प्रधानमन्त्री ओलीले बिस्थापितहरुलाई नआत्तिन अनुरोध गर्नुहुँदै भन्नुभयो, ‘सरकारले ब्यवस्थित नीति निर्माण गरी पुनःनिर्माण गर्न कत्तिपनि ढिलाई गर्नेछैन ।

प्रधानमन्त्री ओलीले बाढीले क्षति पु¥याएको हेलम्बु गाउँपालिकालाई मेलम्ची खानेपानी विकास समितिको तर्फबाट दुई करोड सहायता रकम हस्तान्तरण गर्नुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …