तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तुमा पहिलो र दोस्रो बुद्धको प्रतिमा अनवरण गर्नुभएको छ ।

दुबै बुद्धका जन्मस्थलमा पार्क निर्माण गरी बुद्धको प्रतिमा निर्माण गरिएको थियो । शनिबार विहान ८ बजे अनावरण गर्दै प्रतिमा अनावरण गर्दै मुख्यमन्त्री पोख्रेलले दुवै बुद्धका जन्मस्थल प्रमाणित भइसकेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । 

संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमासहितको पार्कले ध्यान खिच्ने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले निर्माण गरिएको संरचनाको स्थानीय समुदाय, पालिका मिलेर संरक्षण र थप विकास गर्नुपर्ने समेत बताउनुभयो ।

कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवामा संसारको पहिलो बुद्ध, क्रकुछन्द बुद्धको मूर्ति अनावरण गर्नु भएको थियो । अनावरण गरेको प्रतिमा नेपालको लागि क्रकुछन्द बुद्धको पहिलो प्रतिमा बनेको छ । 

क्रकुछन्द बुद्धको प्रतिमाको स्वरुप म्यान्मारबाट लिइएको मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो । यसैगरी, शनिबार नै संसारकै दोस्रो बुद्ध कनकमुनि बुद्धको प्रतिमा समेत अनावरण गरिएको छ । जन्मस्थल कपिलवस्तु नगरपालिका वडा नं. ११ अरौराकोटमा एक समारोहको आयोजना समेत गरिएको थियो ।

पित्तल धातुबाट निर्माण गरिएको एउटा प्रतिमा बनाउदा १६ लाख ५० हजार खर्च भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो । 

गोटिहवाको पार्क २० लाख १७ हजार ८५६ र अरौराकोट पार्क ३० लाख ५ हजार ७९९ को लागतमा तयार गरिएको छ । लुम्बिनी प्रदेश सरकारको योजना अनुसार डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत् निर्माण गरिएको थियो ।बौद्ध सभ्यता हरेक कल्पमा ५ बुद्धले जन्म लिने विश्वास गरिन्छ ।

हालको समय भद्रकल्प रहेको र भद्रकल्पमा क्रकुछन्द पहिलो र कनकुमुनी दोस्रो, कश्यप तेस्रो र शाक्यमुनी सिद्धार्थ गौतम बुद्ध चौथो मानिँदै आएको छ । पाँचौ बुद्धको रुपमा मैत्रेय बुद्धले जन्म लिने बौद्ध दर्शनमा उल्लेख भएको छ । तीन बुद्धको जन्मस्थल नेपालमै रहेको छ । कश्यप बुद्धको जन्मस्थल हालसम्म बुद्ध साहित्यले प्रमाणित नभएको लुम्बिनी विकास कोष तिलौराकोट साइटका प्रमुख माधवप्रसाद आचार्यले बताउनुभयो ।

बौद्ध साहित्यको आधारमा कक्रुच्छन्द बुद्धको जन्म कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवा र कनकमुनी बुद्धको कपिलवस्तु नगरपालिका ११ अरौराकोटमा जन्म भएको मानिँदै आएको छ । जन्मस्थलको पहिचानको लागि ईसा पूर्व तेस्रो शताव्दीमा मौर्य सम्राट अशोकले स्तम्भ गाड्नु भएको थियो । ती स्तम्भहरुलाई अशोक स्तम्भको रुपमा चिनिँदै आएका छन् । दुवै बुद्धलाई महायानी समुदायले मुख्य देउताको रुपमा मान्ने गरेका छन् । चीन, भुटान, भियतनाम, कोरिया, चीनको स्वाशित क्षेत्र तिब्बतलगायतको क्षेत्रमा महायानी समुदायको बाहुल्यता रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …