तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो । कैयन पटक बनभोज जाँदा एकान्त पारेर र स्विमिङ सिकाइदिने नाममा इङलिस टिचर हामीसँगै पौडिन आउनुहुन्थ्यो र हाम्रा संबेदनशील अंगसँग खेल्नुहुन्थ्यो’ घटनाको १४ वर्षपछि पीडित किशोरीले बताएकी छन् ।

एसओएस बालग्रामका छात्राहरुमाथि भएको सन् २००५ को एउटा प्रतिनिधि घटना हो यो । चारमध्ये दुई छात्रा त्यहींको एसओएस बालग्राम सुर्खेतमा बस्थे भने दुई छात्रा बाहिरबाट पढ्नका लागि मात्र बालग्रामद्वारा सञ्चालित विद्यालयमा आउँथे, उनीहरु बाहिर आफ्नै घरमा खाने–बस्नेगर्थे ।

यो र यस्तै प्रकारका यौन दुव्र्यबहार लगातार पाँच वर्षसम्म बालग्राममा बसेर र बाहिर निस्किसकेपछि पनि सहेको दुई छात्राको भनाइ छ । अहिले २५ वर्षभन्दा माथि उमेरका उनीहरु बालग्रामबाहिर स्वतन्त्र समाजमा आम नागरिक सदस्यका रुपमा छन् । दुवै विहेबारी गरेर घर बसाउने तयारीमा छन् । यो समाचार समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …