तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भक्तपुर।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी परिसर भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच भक्तपुर क्षेत्रमा जडान गरिएका ६४ वटा आधुनिक सिसिटिभी क्यामेराको उद्‍घाटन गर्नुभएको छ ।

भक्तपुरस्थित अरनिको राजमार्गमा पर्ने जडीबुटीदेखि पलासेसम्मको सडक खण्ड र महानगरीय प्रहरी परिसर भक्तपुर लगायतका स्थानहरूमा स्थानीय तह, विभिन्न बैंक तथा वित्तिय संस्था र उद्योगी व्यवसायीहरूको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले सिसिटिभी क्यामेरा जडान गर्न सहयोग गर्ने दाताहरू, जडान समितिका पदाधिकारीहरू, पूर्व प्रहरी उपरीक्षक ध्रुब रत्न हाडा तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

सो अवसरमा उहाँले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न सिसिटिभीले ठूलो सहयोग पुर्‍याउने चर्चा गर्दै आगामी दिनमा समेत यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 

कुनै पनि घटनाको सफल अनुसन्धानका लागि सिसिटिभी क्यामेराले सहजता प्रदान गर्ने उहाँले चर्चा गर्नुभयो ।कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले समाजमा लगानी गरेको कुरा कुनै समयमा पनि नष्ट नहुने भएकाले सिसिटिभी जडानमा आर्थिक सहयोग पुर्‍याउने दाताहरूलाई धन्यवाद दिनुभयो । 

सिसिटिभीले अपराधीलाई निरुत्साहित बनाउन सहयोग पुग्ने उहाँले चर्चा गर्नुभयो । भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष प्रदिप श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारा देवि थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

साथै प्राईम कमर्सियल बैंक लिमिटेडका जनरल म्यानेजर संजिव मानन्धर, भक्तपुर जिल्ला पत्रकार महासंघका अध्यक्ष जगत प्रजापती, सिसिटिभी क्यामेरा जडान समितिका ईन्जिनियर मेनसन लाखेमरू, जडान समितिका कोषाध्यक्ष नविन प्रजापति लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …