तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा केन्द्रित छ । अहिले मन्त्रालयमा चालु वर्षको रकम रकमान्तर गर्न पनि भ्याइ नभ्याइ छ ।

बजेट रकमान्तर र नयाँ कार्यक्रममा स्रोत सुनिश्चितता सत्ताको स्वार्थसँग गाँसिएको छ । बुधबार अर्थ मन्त्रालय बजेट महाशाखालाई बजेट रकमान्तर गर्न र स्रोत व्यवस्थापन गर्न चुनाैती नै भयो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले चालु वर्षको बजेटमा नपरेका आयोजनामा पर्याप्त बजेट लगेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार ठाकुरका लागि बुधबार मात्रै ३ अर्बभन्दा बढी रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ ।

ठाकुरका लागि अर्थमन्त्री मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको दबाबमा बजेट माग भएपछि अर्थका अधिकारीहरू दबाबमा परेका छन् ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार ठाकुरले करिब एक दर्जन आयोजनामा रकम माग गरेका थिए । तीमध्ये तीनवटा आयोजना २० करोड रुपैयाँभन्दा बढीका छन् । अरुमा पनि ५ करोडभन्दा धेरै रकम रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले बजेट अनुशासनलाई बाँध्न मन्त्रालयगत रूपमा बजेट रकमान्तर गर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरेको छ । तर, अर्थले दबाब थेग्न नसक्दा बजेट अनुशासन उल्लंघन गरेरै भए पनि स्वार्थकेन्द्रित बजेट उपलब्ध गराइएको छ ।

बजेट मार्गनिर्देशन २०७७/७८ ले पनि खर्च गर्न नसकेको बजेट खर्चको ग्यारेन्टी भई रकम अभाव हुन सक्ने क्षेत्रमा बजेट सार्न सकिने व्यवस्था गरेको छ । यही प्रावधानलाई टेकेर महन्थ ठाकुरसहित उनीसँग नजिक रहेका नेताहरूले मागेका आयोजनामा मनपरी रकमान्तर गरिएको छ ।

अर्थस्रोतका अनुसार बुधबार उनले शहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका आयोजनामा  मागेजति रकम उपलब्ध गराइएको हो ।

“खर्चमा अहिले पनि सुधार आउन सकेको छैन । खर्च नभएको बजेट खर्च हुन्छ, गर्छु भन्ने ठाउँमा रकमान्तरका लागि स्वीकृत गरिएको हो,’ ठाकुरको मागमा रकम उपलब्ध गराइएको स्वीकार्दै अर्थका एक अधिकारीले भने, ‘योजना कुनै क्षेत्र विशेष होला तर त्यसलाई राजनीतिक स्वार्थमा हेर्नुभन्दा कस्ता आयोजनालाई अभावको बजेट दिइयो भन्ने कुरा हो ।’

प्रधानमन्त्रीले पपुलर बजेट ल्याउने उद्‍‌घोष गरिसकेका छन् । तर, विकसित राजनीतिक घटनाक्रमका कारण वर्तमान सरकारले बजेट ल्याउन सक्ने स्थिति थिएन । सत्तापक्ष र महन्थ ठाकुर-राजेन्द्र महतोबीचको गठजाेडले फेरि ओलीकै नेतृत्वमा सरकार गठन हुने संकेत देखिएको छ । नयाँ बजेटमा त्यसकाे प्रभाव पर्ने प्रस्ट भएकाे छ । शिलापत्रबाट

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …