तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ ।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोक, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा भने निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको महìवपूर्ण विकल्प निषेधाज्ञा नै भएकाले मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको बताउनुभयो ।

कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले उपचार हुँदाहुँदै पनि अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढेको भनाइ उहाँको छ । उहाँले सङ्क्रमणको जोखिमबाट जोगिन निषेधाज्ञाको पालना नै महìवपूर्ण विकल्प भएको बताउनुभयो ।

त्यस्तै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बिहीबारबाट थप कडा पारिएको छ । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौँ (डीसीसीएमसी) ले अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा निषेध गरेको छ ।

निषेधाज्ञामा पनि बिहान सवारीसाधनको बाक्लो चाप देखिएपछि डीसीसीएमसी प्रमुख एवं काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहितको टोली सडक अनुगमनमा निस्केर निषेधाज्ञा कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिनुभएको हो ।

उहाँले निषेधाज्ञा अनुगमनको क्रममा अधिकांशले सवारी पासको दुरुपयोग गरेको पाइएको जानकारी दिनुभयो । अस्पतालको पास झुण्ड्याएर अर्कै कामका लागि सवारी चलाइरहेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीसँगै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहसहितको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल र सोह्रखुट्टेलगायत क्षेत्रको अनुगमन गर्नुभएको छ ।

सरकारबाट जारी सवारी पास तथा अत्यावश्यक सेवाका नाममा कार्ड झुण्ड्याएर आफूखुसी सडकमा गुड्ने सवारीसाधनहरू नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मोटरसाइकल, ट्याक्सी–कार, ढुवानीलगायत एक हजार दुई सय सवारीसाधन होल्ड गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …