तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । मुलुकमा नयाँ सरकार बनाउनको लागी यतिबेला राजनितीक दलका नेताहरुको भेटघाट तिव्र रुपमा अगाडि बढिरहेको छ।

त्यस्तै नयाँ सरकार गठबन्धनको पक्षमा नदेखिएको जसपा पनि भेटघाटमा निकै व्यस्त रहेको छ। आज मात्र जसपाका नेताहरुले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीसङ्ग भेटवार्ता गरेका छन।

काङ्ग्रेस र एमालेका ति दुई नेताहरुसङ्ग भेटेपछि जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेका छन ।

बुढानिलकण्ठमा देउवालाई भेटेर बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका ठाकुर र महतोले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा भेला गराएर सांसदहरुलाई भक्तपुर लगेको पाईएको छ, अहिले रिसोर्टमा अनुसार१३ जना सांसद मात्र रहेको स्रोतले जनाएको छ।

केपि ओली सरकारले नै निरन्तरता पाउला या अर्को दलको सरकार आउला भन्ने कुराको लागी यतिबेला जसपा निर्णायक मोडमा छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …