तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अहिले कोरोना व्यवस्थापनमा विषेश ध्यान दिनुपर्ने बताएका छन।

कोरोना महामारीम सरकार गैरजिम्मेवार बनेको नेता श्रेष्ठको आरोप छ । उनले गर्न सक्ने कामलाई पनि नगरेर सरकार जनता मारेर कसरि बस्न सकेको भन्दै प्रश्नसमेत उठाएका छन।

नेता श्रेष्ठले अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मी हरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ- आफ्नो ठाँउबाट सबैले सकेजती गर्नुपर्ने बताएका छन।

उनले लेखेका छन : यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेकाछन् ।राजधानीका कतिपय ठुला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाईरहेका छन् भने कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् ।बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा• संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।यसरी गर्न सक्ने काम पनि नगरी जनता “मारेर” बस्न कसरी सकेको छ सरकार? यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मी हरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ- आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …