तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ – तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न ठाउँका सामुदायिक वन क्षेत्रमा १५ र अन्यले १५ गरी कुल तीस वटा पोखरी निर्माण गर्ने भएको हो ।

मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नयाँ पोखरी निर्माण अभियान थालिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको उहाँले बताउनुभयो ।

खोल्साखोल्सीमा पानीको स्रोत नहुनु र कहीँ कतै पानीको स्रोत भएका ठाउँबाट पनि सबै पानी बस्तीमा लैजाने प्रवृत्तिले मानव तथा पशुपन्छीबीच द्वन्द्व हुने गरेको बताइएको छ । उहाँले भन्नुभयो, ‘भानुभक्तको समयमा घाँसीले कुवा खनाए भने अब वन्यजन्तुका लागि मूल, कुवा, पोखरीको संरक्षण गर्नुपर्ने देखिएको छ ।’ मानवबस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजिकमा देखा परेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

मांसाहारीजन्य वन्यजन्तुका लागि खानेपानीको पोखरी र आहार प्रजातिको लागि कलिलो घाँस (घाँसेमैदान) व्यवस्था गर्ने गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अभियान थालिएको छ ।

‘सामुदायिक वनलाई पन्ध्र वटा पोखरी निःशुल्करूपमा निर्माण गर्नका लागि आग्रह गरेका छौँ’, उहाँले भन्नुभयो, ‘पोखरी खन्छौँ भनि प्रतिबद्धता जनाएर गएका छन्, अब केही दिनमै पोखरी निर्माण भएको–नभएको अनुगमन गर्ने योजना बनाएका छौँ ।’ तनहुँको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकी नगरपालिकाका वनजङ्गल आसपास क्षेत्रमा पानीको पोखरी निर्माण गर्न लागिएको हो । डिभिजन वन कार्यालयबाट ५० हजारदेखि एक लाख रुपैयाँसम्मको पन्ध्र वटा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको छ ।

त्यस क्षेत्रमा चरीबाघ, चितुवा, स्याल, मृग र बँदेल नगण्य देखिएका छन् । चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्यालो बनाएर राख्न, घर वरपर झाडी पन्छाउन र पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …