तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाण्डाै – सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड रुपैयाँ माग गरेको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड माग गरिएको विभागले जनाएको छ । यो वर्ष गएकाे वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति पुगेको छ । यी सडक पूरै बिग्रिएकाले सामान्य मर्मतले नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सामान्य मर्मतले मात्रै नहुने हुँदा हामीले थप रकम माग गरेका हाैँ ।’

सडक र पुल नै बगाएको ठाउँमा मर्मतले नहुने भएकाले त्यहाँ पुनर्निर्माण नै गर्नुपर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । पुल बगाएका ठाउँमा बेलिब्रिज राखेर आवतजावतलाई नियमित गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘साँफेबगर–मार्तडी सडकमा एउटा बेलिब्रिज राख्न लागिएको छ ।’

उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोर निर्माणाधीन सडक हो । निर्माणाधीन सडकमा कम क्षति भए चालु ठेक्काबाट काम गराउन सकिने भए पनि धेरै क्षति पुगेकाले थप रकम आवश्यक भएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । अरनिको राजमार्गको बाह्रबिसेदेखि भन्सारसम्मको सडक पुनर्स्थापना गर्नुपर्ने छ ।

सडक विभागले सडक बोर्ड नेपालले छुट्ट्याएको बजेटमार्फत बर्सेनि नियमित रूपमा सडकको मर्मत गर्दै आएको छ । धेरै राजमार्गमा यस वर्ष पनि मर्मतको योजना गरिएको विभागले जनाएको छ । कतिपय सडकमा यस वर्षदेखि विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत हुँदैछ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …