तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ ।  हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो । समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको अत्यधिक चिसो छल्न वन्यजन्तु गाउँबस्ती आसपासका जङ्गलमा बासस्थान लिन थालेको र यही समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा विशेष गस्ती गर्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ ।

रसुवा, नुवाकोट तथा सिन्धुुपाल्चोक जिल्लाको उच्चभागका एक हजार ७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र करिब ४६ प्रजातिका स्तनधारी जनावर रहेको बताइएको छ । तीमध्ये अधिकांश जनावरले चिसो छल्न बेँसी झर्ने र वसन्त ऋतुको आगमनपछि यथास्थानमा फर्कने गरेको वन प्राविधिकहरुको भनाइ छ ।

सुरक्षाका लागि यहाँ नेपाली सेना कालीजङ गण कार्यरत रहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रको  वन, वनस्पति, वन्यजन्तु र  समग्र जैविक विविधता संरक्षणका लागि तीनवटै जिल्लाको आफ्ना आधार इलाकामा दर्जनौं सुरक्षा पोष्ट स्थापना गरी सुरक्षा अङ्ग र निकुञ्ज प्राविधिकको संयुक्त गस्ती टोलीले वन जङ्गलको अनुगमन गरिरहेको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् ।

भालु, बँदेल, चरीबाघ, हिउँ चितुवा, ब्वाँसो, आस्मिज, बाँदर, कस्तुरी मृग, स्याल, रातोहाब्रे जस्ता विविध जनावर निकुञ्ज क्षेत्रमा रहेका छन् । कालो भालु तथा बँदेलले आफ्नो रैथाने बासस्थान छोडृर जाडोयामभर आहाराको खोजीमा मानवबस्तीको आसपाससम्म पुग्न सक्ने बताउँदै वन्यजन्तुविद् डा.मुकेश चालिसेले यस्ता जनावरबाट हुनसक्ने मानव आक्रमणप्रति सावधानी अपनाउन जरुरी रहेको जानकारी दिए ।

जाडोयाममा मानवबस्तीका आसपासमा पुगेका भालुले गत आर्थिक वर्षमा नौ जनालाई आक्रमण गरेको थियो । यस्ता जोखिम न्यूनीकरणका लागि जङ्गलमा चौपाया चराउँदा वा खेतबारीमा काम गर्दा, बिहानबेलुका हिँडडुँल गर्नुपर्दा साथीको साहरा लिन आग्रह गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

त्यस्तै पंक्षीतर्फ निकुञ्जमा २५० भन्दा बढी चराचुरुङ्गी रहेका छन् । चिसोयाममा केही प्रजातीका चरासमेत घुमन्ते फिरन्ते हिसाबले बेँसीतर्फ झर्ने गरेको वन प्राविधिकको भनाइ छ । समग्रमा जैविक विविधता संरक्षण गर्ने आम नागरिकको साझा दायित्व भएकाले वन्यजन्तु चोरी शिकार रोक्नका लागि सहयोग गरिदिन निकुञ्ज प्रशासनले सबैमा आग्रह गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …