तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बुटवल — लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो । जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जना रहेका स्वास्थ्य निरीक्षक डिलाराम भुसालले बताए ।

सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाब संकरलन गरी परीक्षणमा पठाइएको थियो । त्यसमध्ये १० जनाको नतिजा आउन बाँकी छ ।

संक्रमित कर्मचारीको व्यवस्थापन कहाँ कसरी गर्ने भन्नेबारे तयारी भइरहेको प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए । उपसभामुख कृष्णी थारुले भने आफू र आफ्ना कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेको बताइन् ।

यसअघि असोज १९ र २० गते प्रदेश सभा बैठक बसेको थियो । जहाँ नाम र स्थायी राजधानीका बारेमा नाराबाजी समेत भएको थियो । त्यसयता सभामुखसहित आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने, लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …