तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

काठमाडाैं भदौ २८गते। सिन्धुपाल्चोकको घुम्थाङको नागपुजेमा र बाह्रबिसे नगरपालिकाको भीरखर्कमा भीषण पहिरो गएको छ ।

घुम्थाङको नागपुजेमा  पहिरोले कम्तिमा ८ घर भीरखर्कमा कम्तिमा १० घर पुरिदा अन्दाजी २० जना सम्पर्क विहिन छन् ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।

घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।

त्यस्तै जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा केही घर हरु पुरिएको छ मानवीय क्षती नभएको बताइएको छ । प्रहरी घटना स्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …