तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ  भदौ  २७ गते ।उपत्यकामा शनिबार ४ सय ३१ जनामा कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको मिडिया ब्रिफिङमा काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

काठमाडौंमा संक्रमण पुष्टि भएकाहरु मध्ये १५० जना महिला र २ सय २७ जना पुरुष छन् । यस्तै, भक्तपुरमा ५जना महिला र १२ पुरुषलाई संक्रमण देखिएको छ भने ललितपुरमा १६ महिला र २१ जना पुरुषलाई संक्रमण देखिएको हो ।

यसअघि शुक्रबार नियमित मिडिया ब्रिफिङका क्रममा उपत्यकामा ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । यस्तै संक्रमित मध्ये ७०.६ प्रतिशत निको भएका छन् । नेपालमा कोरोनाबाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …