तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की भदौ,२७ गते ।पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ ।

उनको अन्त्येष्टिमा मलामी गएका झण्डै २०० व्यक्तिहरु क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी ४५ वर्षीया ती महिलाको भदौ २६ गते राति १ बजे मृत्यु भएको थियो । 

रक्त क्यान्सरबाट पीडित ती महिलालाई ३ दिनदेखि अस्पतालको आईसीयूमा राखेर उपचार हुँदै आएकोमा शुक्रवार मृत्यु भएपछि अस्पतालले कोरोना रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।

मृतकका आफन्तका अनुसार अस्पतालले कोरोना नभई अन्य कारणले ज्यान गएको भनी दाहसंस्कार गर्न सकिने भनेपछि शव बुझेर शुक्रवार नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको थियो ।

अन्त्येष्टिमा सहभागी मलामीहरू आफन्तबाहेक पर्यटन व्यवसायी, गण्डकी प्रदेश सांसद, जनप्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत झण्डै २०० जनाको संख्यामा उपस्थित थिए ।

हालसम्म गण्डकी प्रदेशका २४ जनाले ज्यान गुमाएका छन् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …