तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सुनसरी भाद्र २७, गते। सुनसरीको इनरुवा अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका ५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।

मृतक पुरुष विगत एक वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए । उनी कुन कसुरमा पुर्पक्षका लागि कारागारमा थिए भन्ने खुलेको भने छैन । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक पुरुषलाई १० दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि शुक्रबार बिहान इनरुवा अस्पताल लगिएको थियो । मृतक पुरुषमा दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।

इनरुवा अस्पतालले कोरोना संक्रमणको आशंका गर्दै रिफर गरेपछि दिउँसो १२ बजे प्रतिष्ठानको इमर्जेन्सी कक्षमा रहेको कोरोना शंकास्पदलाई राख्ने ‘ई’ एरियामा भर्ना गरिएको थियो । इमर्जेन्सी कक्षमा भर्ना हुनासाथ उनको पीसीआर परीक्षण गरिएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गर्दागर्दै शुक्रबार अपरान्ह साढे ४ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …