तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ -देशव्यापी रूपमा बृहत्तर कार्यक्रम साथ मनाइँदै आएको संविधान दिवस (राष्ट्रिय दिवस) यसपटक घर घरमै बसेर राष्ट्रिय झन्डा फहराएर मनाइने भएको छ । कोभिड–१९ महामारीबीच ‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔँ, घर घरमा राष्ट्रिय झन्डा फहराऔँ’ भन्ने मूल नारा तय गरिएको छ ।

संविधान दिवस (राष्ट्रिय दिवस) मनाउने सन्दर्भमा गठित प्रचार प्रसार उपसमितिको बुधबारको बैठकले दूरसञ्चार सेवा प्रदायक तथा सञ्चारका विविध माध्यमबाट 

संविधान दिवस मनाउन तय गरिएका नारा, सन्देश, संविधानका बहुपक्षीय आयामका विषयमा प्रचार प्रसार व्यवस्थित गर्ने निर्णय गरेको छ । 

प्रचार प्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले असोज २, ३ र ४ गते सम्बद्ध विभाग, निकायमा दीप प्रज्ज्वलन गर्ने, संविधानका विविध पक्ष समेटिएको वृत्तचित्र, सन्देश, लेख प्रकाशन गर्ने लगायत निर्णय गरेको छध्र

कोभिड–१९ महामारीका कारण सार्वजनिक रूपमा भव्य कार्यक्रम गर्न नसकिने भएकाले प्रचार सामग्रीको उत्पादन र प्रवद्र्धनलाई नै विशेष महìव दिइएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । असोज ३ गते संविधान दिवस पर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …