तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । मृतकको संख्या भने २ सय ७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको र मृतकको संख्या भने २ सय ७१ पुगेको जानकारी दिइएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ५४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गर्दा ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

२४ घन्टाको अध्यावधिक विवरणमा बिहीबार भने ४ सय ४५ जनामा कोरोना देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ३ सय ५४ जना रहेको जनाएको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार ६ सय ३८ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५ सय ६१ जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या १८ हजार ४ सय ४ जना रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …