तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि शुक्रबारका लागि ललितपुरमा कर्फ्यु आदेश जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म  जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यु लागू हुनेछ।

बिहीबार दिउँसो पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा शान्ति सुरक्षा भंग हुनसक्ने देखिएको ललितपुरको बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु जारी गरिएको हो।

कर्फ्यु आदेश जारी भएको स्थानमा आवतजावत, भेला र जुलुसमा प्रतिबन्ध गरिएको प्रशासनले जनाएको छ।

यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षा अधिकारीले गोली समेत हान्न सक्नेछ,’ जारी सूचनामा भनिएको छ, ‘निषेधित गरिएको क्षेत्रमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सूचित गरिन्छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …