तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा महानगरपालिकाका विभिन्न १० वटा वडामा बिहीबार थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

पोखरा महानगरका १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० वडाका २१ देखि ५२ वर्ष उमेर समूहका  महिला तथा  पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।

पोखरा १ की ४२ वर्षीया महिला, ५ का २८ वर्षीय पुरुष, ८ का ३५ र ५८ वर्षका दुई पुरुष, १० का ३८ र ४६ वर्षीया दुई महिला तथा २७ ,३० , ३७, ३८ र ४८ वर्षका पुरुष , १२ का २५ ,३६ ३७, ४४ ,४५  वर्षीया महिला तथा ३१, ३६  र ४७ वर्षका पुरुषमा कारोना देखिएको हो।

त्यस्तै वडा नं १३ का २१ वर्षीय महिला तथा २२ र ४८ वर्षका पुरुष, १४ का ३५ वर्षीया महिला तथा ४६ वर्षीय पुरुष , १६ का ५२ वर्षका पुरुष, २७ का ३२ र ३७ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष र ३० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ।

त्यसैगरी तनहुँ ब्यास १ र ४ का २९ वर्षीया दुई महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३०८ पुगेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …