तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुपन्देहीमा बिहीवार बिहान कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ की ७७ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको कोभिड फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

बुधवार साँझ ७ बजे अस्पताल ल्याइएकी ती महिलाको इमर्जेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । 

कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसोलेसनमा राखी उपचार गरिएकामा बिहीवार बिहान साढे ४ बजे मृत्यु भएको डा. सुदर्शन थापाले बताए ।

खोकी, ज्वरो र र श्वासप्रश्वासमा समस्या भएकी उनलाई अक्सिजन दिई उपचार गरिएको र श्वास लिन नसकेपछि मृत्यु भएको डा. थापाले जनाए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …