तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मुलुकभर २४ घन्टामा थप १ हजार १  सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ सय २० महिला र ८ सय पुरुष संक्रमित भएको जनाएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

२४ घन्टाको अवधिमा १ हजार १ सय १२ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । 

मुलुकभर १८ हजार १ सय ८ जना आइसोलेसनमा र ६ हजार ७ सय ६६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

२४ घन्टाको अवधिमा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा १२ हजार ८७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए । बुधबारसम्म ७ लाख १८ हजार ४ सय ३९ पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …