तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बास्कोटाको ‘७० करोड घुसकाण्ड’ खुलासा गर्ने विजयप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान छानविनलाई आवश्यक सहयोग गर्ने नै छु भनी प्रेस विज्ञप्ति  निकालेका छन ।

यस्तो छ प्रेस विज्ञप्ति  

सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको बारेमा २,३ दिनदेखि केही समाजिक सञ्जाल , राष्ट्रिय दैनिक र केही अनलाइनहरुमा मेरो नाम राखी अतिरन्जित गरिएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । कुनै पनि व्यक्ति राज्यभन्दा ठूलो हुन नसक्ने र राजनीतिको खोल ओढेर भ्रष्टाचारजस्तो जघन्य अपराधमा संलग्न जो कोही व्यक्ति पनि राज्यका निर्देशित सिद्धान्त र विद्यमान कानूनबाट सजायँको भागिदार हुनुपर्ने कुरा प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित मानवीय सत्य हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट चलानी नं . ८२२ ९को आवश्यक सहयोगको लागि भनी अनुरोध गरिएको पत्र मेरो हात परेको कुरामा दुईमत छैन । त्यसै पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारलाई बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ । 

अख्तियारीप्राप्त अनुसन्धान अधिकृत र मेरोबीचमा बेलाबेलामा कुराकानी भएको र मैले दर्ता गरेको निवेदनबाट यो कुरा प्रष्ट हुन्छ । कोरोनाको महामारिको विषयले विश्वव्यापीरुपमा असर गरेको र नेपालमा पनि त्यसको प्रभाव परेको कुरा तपाईं हामीमा जानकारी भएकै कुरा हो । 

हाल यस प्रकरण हेर्ने अधिकृत सरुवा भई नयाँ अनुसन्धान अधिकृतको पदस्थापना भएको कुरा पत्रपित्रकाबाट मैले जानकारी पाएको हुँ । मलाई आशा छ उहाँहरूले मलाई सम्पर्क गर्नुहुने छ वा म आफैले पनि उहाँहरुसँग सम्पर्क गरि यस राजनीतिक खोल ओढेको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानविनलाई आवश्यक सहयोग गर्ने नै छु । 

साथै यस महामारीको विषम परिस्थितिको बाबजुद अनुसन्धान कार्य अघि बढ्ने छ भन्ने मैले विश्वास लिएको छु । कुनै पनि राजनीतिक व्यक्ति होस् वा सर्वसाधारण , भ्रष्टाचारजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन सक्दैन । र , प्रतिपक्षबाट जति पनि सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरि आफँ पबित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रीन चरित्र नै हो । 

आफूले गरेको सबै ठिक , अर्काले गरेको सबै बेठीक भन्नेले आफ्नो आङमा हात्ती नदेख्ने र अर्काको आङमा जुम्रा देख्ने प्रवृत्तिबाट चोखो रहन नसकेको अवस्था छ । त्यस्ता प्रवृत्तिका घटनाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्मानित अदालतलाई समेत अनुसन्धानको दायरामा रहेको घटनालाई बिचलित गर्न पत्रकारिताभित्रको चाटुकारिता जुर्मुराएको मात्र हो । 

शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्तमा सत्यको नै जित हुने कुरामा विश्वस्त छु । यो त केबल न्यायलाई बिचलित पार्न र अनुसन्धानलाई फितलो पार्न तथा न्यायप्रेमी , राष्ट्रप्रेमी जनताको ध्यान अर्कैतिर मोड्न गरिएको प्रोपोगन्डा हो । मसानघाटबाट कात्रो छुट्याई मुर्दा जिवित गर्न खोज्ने काम भएको छ । यस्को म घोर भत्सर्ना गर्दछु । 

यस प्रकरणमा बाहिर आउन बाँकी कुराहरु अझै गर्भमा दबिएर बसेका छन् । यी सबै प्रमाणहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरिनेछ र तपाईं शुभेच्छुक , राष्ट्रप्रेमी , नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि भविष्यमा राम्रोसँग बुझ्नुहुनेछ भन्ने विश्वास लिएको छु । 

समाजिक सञ्जालको सन्दर्भमा म के भन्न चाहन्छु भने कसैको पक्षमा बोल्नुभन्दा पनि राज्यको पक्षमा बोल्ने गर्नुहोस् । यसमा राज्यको जीत हुनुपर्छ र जनताको हित हुनुपर्छ । कसैको गुणगान गाएर र १० जना फेसबुकमा साथीहरु बनाएर म्यासेज गर्दैमा कोही चोखिन सक्दैन । गुणगानकै आधारमा राज्यले नियुक्ति दिएको कुरा तपाई हामीबीच छर्लङ्ग छ । यो राजनीतिक भ्रष्टाचार हो । 

चाहे राजनीतिक होस् वा आर्थिक , कुनै पनि भ्रष्टाचारिले उन्मुक्ति पाउनुहुन्न भन्ने कुरामा म विश्वास राख्दछु र तपाईंहरुको सहयोग रहने कुरामा आशावादी छु । साथै न्यायाप्रेमी , राष्ट्रप्रेमी हामी सबै नेपालीले हाम्रो समाजमा मुख्यरुपमा राजनीतिमा गाँसिएको राजनीतिक भ्रष्टाचार , नीतिगत भ्रष्टाचार उन्मुलन गर्न सबैले आ आफ्नै ठाँउबाट निरन्तरुपमा सहयोग गरिरहनुहुनेछ र विचलित हुनुहुने छैन भन्ने कुरामा आशावादी र विश्वस्त छु । 

अन्तमा , म विजयप्रकाश मिश्र कसैको दवाब वा कसैको कुरा सुनेर बहकिने व्यक्ति हैन । एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पुर्णरुपमा निर्वाह गर्नुपर्ने कुरा मलाई राम्ररी थाहा छ । साथै जस्तोसुकै दुःख कष्टमा पनि बाटो नबिराइ आफ्नो कर्तव्यपालना गर्ने छु भन्ने विश्वास दिलाउन चाहन्छु । साथै , नेपालको सञ्चार क्षेत्रमा आफ्नो महत्त्वपूर्ण छबि बनाइराख्न सक्षम तपाईहरुको दैनिक पत्रिका वा अनलाईन पोर्टलले चाटुकारितालाई टाढै राखी सञ्चारजगतमा देखिएको आफ्नो उत्कृष्ट छबिलाई अक्षुण राख्न भगवन बुद्धको दिब्यउपदेश र राष्ट्रप्रेमबाट प्रभावित भएर प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र यसका लागि तपाईहरुलाई हार्दिक अनुरोध पनि गर्दछु । धन्यवाद सञ्चारकर्मी साथीहरुले सम्पर्क गर्न चाहनुभएमा मेरो मोबाईल वा भाइबरमा सम्पर्क गर्न सक्नुहुनेछ । 

(विजयप्रकाश मिश्र मोबाइल नं . ९ ८५१२२७३६५)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …