तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो ।

उनको उपचारका क्रममा बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा मृत्यु भएको हो ।

चार दिन अघिदेखि भेन्टिलेरमा राखेर उपचाररत उनको उनको मगंलबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले बताए । उनका अनुसार साउन २७ गते कोरोना पुष्टि भएका उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए । ३२ गतेदेखि आईसीयूमा उपचाररत थिए ।

‘सुरूदेखि नै उहाँको अवस्था गम्भीर थियो, उनले भने, ‘उहाँलाई मुटुरोग, प्रेसर, सुगरलगायत अन्य समस्याहरु पनि थियो ।’ उनको मृत शरीर व्यवस्थापनका लागि आर्मी अस्पताल आइसकेको उनले जानकारी दिए ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार रञ्जितले वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा सुरु गरेका थिए । रञ्जितको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …