तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पछील्लो  २४ घण्टामा मुलुकभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरिएको थियो ।

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको बताएका छन् ।

२४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार १५५ र क्वारेन्टाइनमा ११ हजार ४१४ रहेको प्रवक्ता डा. गौतमले जनाए ।

२४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा आइतबार अपराह्‍नसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । पीसीआर परीक्षण आइतबारसम्म ६ लाख ४४४ गरिइसकेको प्रवक्ता गौतमले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …