तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।

ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । ‘प्रेसरको औषधि सेवन गरिरहनुभएको रहेछ,’ उनले भने, ‘गएरातिबाट बढी नै समस्या भएको थियो ।’

साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो । यससँगै उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ । अस्पतालमा हाल आईसीयूमा ११ जना उपचाररत छन् भने आइसोलेसनमा २० जना रहेको थापाले जनाए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …