तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष बनाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न बुधवार सरकारको नाममा आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशपछि किशोर श्रेष्ठले नै कार्यवाहक अध्यक्षमा निरन्तरता पाएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पोखराकी पत्रकार भण्डारीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

काउन्सिलको स्वायत्तता मिच्नेगरी नियमावली संशोधन गरेर कार्यवाहक नियुक्त गरिएको भन्दै काउन्सिलको बोर्ड सर्वोच्च गएको थियो । काउन्सिलको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, बोर्णबहादुर कार्की लगायतले बहस गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …