तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो । 

योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

नेपालमा कोरोना पुष्टि भएकाहरुमध्ये १७ हजार ५ सय ८० जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म ५ लाख ४२ हजार ८ सय ६६ पीसीआर परीक्षण भएको छ । त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८५ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ९ सय २६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ५६३ जना रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …