तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

गएराति साढे १२ बजेतिर महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृत्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । 

प्रहरीका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट छन् ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घटना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …