रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताउनुभएको छ ।
उहाँले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिएको बताउनुभयो । दोस्रो खोप लगाएकामा कोरोना सङ्क्रमणको सङ्ख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै मन्त्री थारुले खोप प्रदान गर्ने कार्यलाई द्रूत गतिमा अगाडि बढाइएको जानकारी दिनुभयो ।
रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पहिलो खोप लगाएकामध्ये दुई प्रतिशत र दुवै खोप लगाएकामध्ये एक प्रतिशतको मात्र मृत्यु भएको बताउनुभयो ।
उहाँले ग्रामीण भेगका नागरिकमा चेतनाको अभावले गर्दा खोप लगाउनेको सङ्ख्या पूर्ण हुन नसकेको जनाउँदै स्थानीय तहको समन्वयमा नागरिकलाई खोजी गरेरै खोप लगाउने तयारी गरिरहेको उल्लेख गर्नुभयो ।
पूर्वस्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको धारणा राख्नुभयो । उहाँले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीय पालिकासँग समवन्य र परिचालनका साथै कर्मचारी परिचालनमा प्रदेश सरकारको भूमिका कमजोर भएको टिप्पणी गर्नुभयो ।
उहाँले प्रतिपक्षले महामारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको जनाउँदै बजेट जोगाउने नाममा जनताका सुविधा कटौति गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजना कटौती गर्न नहुने बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले कोरोना नियन्त्रण, व्यवस्थापन तथा पूर्वतयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्व नपाएको आरोप लगाउनुभयो । लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले महामारीमा निजी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई उपेक्षा गरेको बताउनुभयो ।
नेपाल जनस्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सहकोषाध्यक्ष उमा थापाले विश्व नै कोरोनाबाट आक्रान्त भइरहेको समयमा स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटेर काम गर्दा पनि मूल्याङ्कन नभएको गुनासो गर्नुभयो । रासस
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …