नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न नयाँ मुख्य भवन निर्माण कार्य शुरु गरिएको छ ।
पूर्वाधार अभावका कारण सेवा प्रवाहमा असहजता हुँदै आएको यस अस्पतालका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि मुख्य भवन निर्माण गरिन लागेको हो । नयाँ भवनको आर्थिक मामिला एवं योजनामन्त्री बैजनाथ चौधरीले शिलान्यास गर्नुभयो ।
स्वास्थ्य सेवालाई थप सृदृढ र प्रभावकारी बनाउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले अस्पताल भवनका लागि रु २० करोड ७८ लाख १६ हजार बजेट विनियोजन गरेकामा निर्र्माण कम्पनीले रु १३ करोड ६६ लाख ८८ हजारमा निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख गोविन्द गौतमले जानकारी दिनुभयो ।
पचास श्ययाको तीन तले भवन, पार्किङ्स्थल, पर्खाल तथा हरियाली बगैँचा निर्माण हुने गौतमले बताउनुभयो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन निर्माणको जिम्मा श्यामसुन्दर एनबी जेबी काठमाडौँले पाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …