नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा नियुक्त:-

सरकारले २८ औं प्रहरी महानिरीक्षक (आईजीपी)को रुपमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले एआईजी थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं आईजीपीका रुपमा नियुक्त गरेको हो। बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरेका …

५१६ वटा म्यानपावर कम्पनी धरापमा:

वैदेशिक रोजगार विभागका अनुसार ५ सय १६ वटा म्यानपावर कम्पनी खारेजीको संघारमा पुगेपछि म्यानपावर व्यवसायीले आन्दोलनको घोषणा गरेका छन्। सोमबार वैदेशिक रोजगार विभागमा ज्ञापनपत्र बुझाउँदै मंगलबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताए। वर्षमा एक …

पहिरो पीडितलाई राहत दिन कांग्रेसको माग

नेपाली कांग्रेसले बझाङको केदारस्युँ गाउँपालिका ८, मल्लेसीमा शुक्रबार राति गएको पहिरोमा पीडित परिवारलाई राहत दिन सरकारसँग माग गरेको छ। पहिरोमा ६ जनाको मृत्यु भएको थियो भने १ जना बेपत्ता  छन्। १८ घरमा क्षति पुगेको थियो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार …

सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाई हिंड्ने लाई नियन्त्रणमा लिन गृहको निर्देशन

गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने …

चितवनमा फेसबुक लाइभ गरेर १९ वर्षीया युवतीले आत्महत्या

चितवन — सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी छन् । केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना …

परीक्षण सफल भए मेलम्चीको पानी २ महिना भित्र बितरण गर्न सकिन्छ मन्त्री बिना मगर

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण थालिएको छ । अस्थायी संरचनाबाट पानी पठाएर सुरुङको परीक्षण थालिएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री बिना मगरले मेलम्चीका लागि तयार पारिएका अस्थायी संरचना निर्माण पुरा भएको बताएकी छन् …

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । …

बझाङ पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, १ जना अझै बेपत्ता

बझाङ — केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा एकै परिवारका ४ सहित ६ जना छन् । एक जना अझै बेपत्ता छन् । १८ घर पहिरोले बगाएको छ भने २ घरमा क्षति …

बझाङ पहिरो उद्धारमा गएको सेनाको गाडी दुर्घटना

बझाङ — केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिए । अझै ३ जना बेपत्ता भएको र उनीहरुको …

अविरल वर्षाका कारण पहिरो जादा १ जनाको मृत्यु, २ जना बेपत्ता

गएरातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा पहिरो जादा एक जनाको मृत्यु भएको छ । भने २  जना बेपत्ता छन् । पहिरोमा परी इस्मा गाउँपालिका १ हस्तिचौरका १८ महिना सिजन सारु मृत फेला परेका छन् । घरमाथिबाट एक्कासी आएका पहिरोले गोठ …