तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन — सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी छन् । केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झण्डिएर आत्महत्या गरेकी हुन् ।

उनले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभास भट्टले जानकारी दिए ।

भरतपुर महानगरपालिका घर भएकी ती युवतीले भरतपुरमा बसेर उनले ब्युटि पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको प्रहरी निरीक्षक भट्टले बताए ।

घटनास्थल चितवन जिल्ला प्रहरी कार्यालयबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …