त्रिपाठीले खोल्ने नयाँ पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने

काठमाण्डाै । हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्नु हुने भएको छ । उहाँले भोलि नयाँ पार्टीको घोषणा गर्ने जानकारी दिनुभएको छ । पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने त्रिपाठीले जानकारी दिनुभयो । २०७४ सालको चुनावमा उहाँले स्वतन्त्र रूपमा सूर्य चुनाव चिन्ह …

नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान तीव्रता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो  । हालसम्म  शिवनाथ, डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली …

सिंह र निधिको उम्मेदवारीले प्रतिस्पर्धामा पेचिलो

काठमाडौँ ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । बिहान ८ बजेदेखि हुने भनिएको …

एमालेले बनायो स्थायी कमिटी र पोलिटब्युरो, ओलीनिकट नेताहरू समेत असन्तुष्ट

वरीयतामा सचिव गोकर्ण विष्ट र योगेश भट्टराई असन्तुष्ट काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् । ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा …

कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् ।  कांग्रेस विधानअनुसार १ …

कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आज प्रकाशन गरेको अन्तिम नामावलीअनुसार कांग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र …

कांग्रेस नेतृत्व मतदानका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।   अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार …

कांग्रेस महाधिवेशन : ५७ उममेदवारको उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज …

कांग्रेस महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय डेढ घण्टा थप

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ ।  पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको छ …

देउवाले सिटौलासँग समीकरण गरेपछि नेता असन्तुष्ट, शर्माले छाडे समूह

काठमाडौँ ।कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा आउन बल पुग्ने गरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेका छन् । यसो गर्दा उनले आफ्नो समूहभित्र तीव्र असन्तुष्टि खेप्नुपरेको छ भने युवा नेता विश्वप्रकाश शर्मालाई समूहबाट गुमाउनुपरेको छ । देउवा–सिटौला समूहबीच पालिका अधिवेशनबाटै समीकरण सुरु …