एमाले अध्यक्ष ओली स्काउटको ‘मेधावी योगदान’ पदकद्वारा सम्मानित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । आज सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल …

निर्वाचनका लागि आयोगद्वारा करिब नौ अर्बको बजेट स्वीकृत

काठमाडौँ। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन बजेट …

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिनुभएको हो । केन्द्रीय समितिको बैठक बसेर …

‘मातृभाषा लोप भए नेपालको मौलिक पहिचान मेटिन्छ’ : उपराष्ट्रपति

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले विविध सांस्कृतिक पहिचानका रूपमा रहेका विभिन्न जातजातिका मातृभाषा लोप भए नेपालको मौलिक सांस्कृतिक पहिचान मेटिने भएकाले संरक्षणमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको मातृभाषा राष्ट्रि«य कविता …

सत्तारुढ गठबन्धनले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाए : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा …

एमसिसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताउनुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा …

घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

काठमाडौँ। सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभएको छ । अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको …

एमाले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिइने

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ । केन्द्रीय विभागका प्रमुखहरूको आज भएको बैठकमा उहाँले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोड …

प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ। अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको एमसिसी विरोधी प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी …

‘करार सम्झौता सदनबाट अनुमोदन हुन आवश्यक छैन’ : नेता झलनाथ खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) बीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उक्त सम्झौता पेश गरिएपछि सञ्चारकर्मीको जिज्ञासामा …