उत्तरी छिमेकी चीनले गर्‍यो ७ जिल्लामा सीमा अतिक्रमण

नेपालको उत्तरी छिमेकी चीनसित वर्षौंदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन । सरकारी अधिकारीहरूका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका १–१ नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ । संवैधानिक तथा …

प्रधानमन्त्री ओलीको पटक–पटकको आग्रह सभामुखले गरे बेवास्ता :-

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक १ हप्ता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ । सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नुपर्नेछ तर सभामुख सापकोटाले १७ गतेसम्म संसद् बैठक स्थगन …

विपद् घटाउने रणनीति

काठमाडौँ, असार १० गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली यतिबेला बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद् न्यूनीकरण एकीकृत रणनीति कार्यान्वयनमा जुटेको छ । असार ५ गते गृहमन्त्रालयको विपद् जोखिम तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी प्रतिकार्य …

सर्वोच्चको अन्तरिम आदेश– ‘पीसीआर नगरी घर नफर्काउनू’

काठमाडौँ — सर्वोच्च अदालतले कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगरी घर नफर्काउन सरकारको नाममा आदेश जारी गरेको छ । १४ दिन आइसोलेसनमा बसेका व्यक्तिहरुलाई परीक्षण नगरी घर फर्काउने भन्ने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको हो । गत …

उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ बन्ने

काठमाडौं, असार ९ । सवारी व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम …

तीन पटक भन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज

काठमाडौँ — संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सवारी दुर्घटना चालककै लापरबाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सुझाव दिइएको …

अख्तियारको क्षेत्राधिकारमा पस्ने सरकारको दाउ

काठमाडौँ — भ्रष्टाचार छानबिन गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केही क्षेत्राधिकार अब सरकारले तोक्न पाउने भएको छ । विधायन समितिबाट स्वीकृत भई राष्ट्रिय सभामा पेस गरिएका भ्रष्टाचारसम्बन्धी दुई विधेयकको संशोधन प्रतिवेदनमा ‘सार्वजनिक संस्था’ को परिभाषा तोक्ने अधिकार …

मातृभूमि स्कुलले अभिभावकसँग माग्यो ३० हजारका दरले ‘एडभान्स’

भक्तपुरको सानोठिमीस्थित मातृभूमि स्कुलले लकडाउनले संकटमा परेका अभिभावकसँग प्रतिविद्यार्थी ३० हजार रुपैयाँ ‘एडभान्स’ मागेको छ । चर्को शुल्क असुल्ने मातृभूमिले शिक्षक कर्मचारीलाई तलब खुवाउन कठिन भएको भन्दै १५ असारभित्र अभिभावकलाई ३० हजार रुपैयाँ ‘एडभान्स’ दिन पत्राचार गरेको हो । आफूलाई अप्ठ्यारो परेको …

दुबईमा १० नेपाली महिला सडकमै अलपत्र

कम्पनीले कोठाबाट निकाल्यो, चार महिनादेखि उद्धारको पर्खाइमा :- क्लिनरको भिसामा गत वर्ष दुबई उडेकी झापाकी मुना मगर अहिले सडकमा अलपत्र छिन् । दुई वर्षका लागि वैदेशिक रोजगारमा गएकी उनलाई कम्पनीले शनिबार बिहान कोठाबाट निकालेको छ । ‘कम्पनीले सामानसहित कोठाबाट निकालिदियो । अहिले सडकमै …

कर्णालीका जनप्रतिनिधिलाई दोब्बर सुविधा थपिँदै

गाडी सुविधा भएका जनप्रतिनिधिलाई इन्धनका साथै यातायात खर्चबापत मासिक १२ हजारसम्म दिने तयारी सुर्खेत — कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि यातायातमा दोहोरो सुविधा प्रस्ताव गर्दै सुविधासम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले …