अमेरिकाले विश्वलाई ५ करोड थप कोभिड खोप अनुदान दिने

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोप हरू खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिनुभएको छ ।  यो नयाँ …

क्यानाडा निर्वाचन : ४९ बर्षमा तेस्रो पटक प्रधानमन्त्री बन्दै जस्टीन ट्रुडो

क्यानाडा । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ ।  गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।  उहाँको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रताले उहाँ र उहाँको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नुहुने देखिएको छ …

क्यानाडा निर्वाचन: लिबरल्सले बहुमत सीट जित्न असफल

क्यानेडियामा सोमबार सम्पन्न संसदीय निर्बाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले अग्रता लिएपनि सरकार निर्माणका लागि आवश्यक बहुमत सीट जित्न भने असफल भएको छ ।  संसदको पूरा अवधि सकिनुभन्दा दुई वर्ष पहिले भएको निर्बाचनमा लिबरल पार्टीलाई अपेक्षाकृत समर्थन नमिलेको विश्लेषकहरूले बताएका …

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

कन्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ ।  ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र …

संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ : राजदूत खतिवडा

काठमाडौं । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक …

संविधान दिवसमा भारतका प्रधानमन्त्री मोदीद्वारा शुभकामना ब्यक्त

काठमाडौँ। नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गर्नुभएको हो ।  संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क …

‘एनआरएन द सिङ्गर’ नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ बजे प्रसारण गरिने

काठमाडौं ।गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ । कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ः०० देखि १०ः०० बजेसम्म …

अफगानिस्तानमा अलपत्र ३४ नेपाली आज स्वदेश फर्कदै

काठमाडौँ । अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई आज शनिबार उद्धार गरेर स्वदेश ल्याइने भएको छ ।  अफगानिस्तानको अवस्था अझै सहज नभएपछि त्यहाँ रहेका बाँकी नेपालीलाई ल्याउन लागिएको हो ।  गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाले उनीहरूसँग आवश्यक कागजपत्रसमेत छैन । उनीहरूलाई फर्काउन नयाँदिल्लीस्थित …

“एनआरएन निर्वाचन विवादरिहत बनाउँछौँ”

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले  अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुनै पनि बदमासी हुन नदिने स्पष्ट पारेको छ । एनआरएनले आज जारी गरेको विज्ञप्तिअनुसार २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति …

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ ।  बुधबारसम्म …