मृत महिलाको भेजाइनल स्वाब प्रयोगशालामा

बैतडी। बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल यही साउन ८ गते बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् ।् महिलाको मृत्यु …

भद्रपुरबाट २१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

बनियानी। झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश …

उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा

कर्णाली। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डानन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ । उपकुलपति प्रा डा सिंहविरुद्ध आज सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी …

चन्द्रागिरिमा यार्सागुम्बासहित एक पक्राउ

काठमार्डौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेको बताइएको छ । उनको साथबाट ४१२ ग्राम यार्सागुम्बा र ६५० ग्राम सिलाजित तथा १०० ग्राम रातो …

अवैध खाद्य पदार्थ बरामद

कर्णाली। यी प्रहरी पोष्ट बबईले रु १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ । प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा१क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो । कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा शुक्रबार …

संरक्षित वन्यजन्तु जरायोको सिङ र सालको खपटा सहित १ जना पक्राउ

काठमाडौं। संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने २ थान आखेटोपहार र ३६ पीस सालकको खपटा सहित  नागार्जुन नगरपालिका-३ रातमाटेबाट ४५ वर्षीया माइली पुतुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको भन्ने …

मन्दिरको सुन चोरी प्रकरण: दुईजना कारागार चलान

बैतडी। मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ ।  बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई जनालाई  कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो …

हात्तीको दाह्रा सहित ३ जना पक्राउ

बाँके ।बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार …

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

नवलपुर। भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता …

प्रहरी भर्नामै नक्कली परीक्षार्थी, ६ पक्राउ

मोरङ। प्रहरी भर्नाका लागि सञ्चालित परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जनालाई पक्राउ गरिएको छ । विराटनगरस्थित प्रदेश १ प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान भर्ना परीक्षामा सहभागी नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको हो । भोजपुरको पौवादुङ्मा गाउँपालिका ६ का २३ …