नेपाल र अमेरिकाबीचको मित्रता,साझेदारीलाई थप सुदृढ गरिने छ : प्रधानमन्‍त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् । आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले …

पछिल्लो २४ घण्टामा १ हजार ७८२ जनामा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप एक हजार ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा …

साउन ३ मा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्ले गर्यो सिफारिस

देउवा सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर …

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफल

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको  छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले …

किन स्थगित भयो काँग्रेस पदाधिकारी बैठक ?

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ । देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । देउवाको कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको बताइएको छ ।  

नवनियुक्त मन्त्रीहरूको पहिलो दिन

काठमाडौं । नवनियुक्त चारमन्त्री बालकृष्ण खाँड, जनार्दन शर्मा, पम्फा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री खाँड, अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालले बुधबार र कानुनमन्त्री कार्कीले मंगलबार आआफ्नो मन्त्रालय पुगी पदबहाली गरेका हुन् । पदबहालीका क्रममा उनीहरूले …

कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको सिसिएमसीले जनाएको छ ।  बैठकमा …

श्रम स्वीकृति लिएका कामदारलाई खोप दिन श्रम मन्त्रालयको अनुरोध

काठमाडौँ । श्रमले खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)लाई अनुरोध गरेको छ …

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द …

विपी उद्यानमा भएको निर्माण कार्य तत्कालकालागि रोक्न अदालतको आदेश

वीरगञ्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले घण्टाघरस्थित विपी उद्यानको जग्गामा निमार्ण भइरहेको पार्किङस्थलको अहिले भइरहेको निर्माण कार्य तत्कालका लागि रोक्न वीरगञ्ज महानगरपालिका कार्यालयविरुद्ध उत्प्रेषण परमादेश जारी गरेको छ । वीरगञ्जका धीरज गुप्ताले विपी उद्यानमा भइरहेको सवारी पार्किङ्ग निर्माणको …