एमाले केन्द्रीय सदस्यमा दमकबाट तीन जनाको उम्मेदवारी

दमक। नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा दमकका तीन जना जनप्रतिनिधिसमेत रहेका नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसरी उम्मेदवारी घोषणा गर्नुहुनेमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, १ नम्बर प्रदेशसभा सदस्य अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली …

देशको विद्यमान समस्या समाधान कांग्रेसले गर्न सक्छ : निधि

धनुषा। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताउनुभएको छ । निधिले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताउनुभयो । कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय …

कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्यरूपमा वृद्धि नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पूँजीगत खर्च उल्लेख्यरूपमा नबढेकोप्रति असन्तुष्टि …

मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । जिल्लाबाट …

साढे छ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९ को कात्तिक मसान्तसम्म) को तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो । बितेका चार …

९७४ रेञ्जका सिमकार्ड बिक्री रोक्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जिएसएममा आधारित नम्बर …

पछिल्लो २४ घण्टामा ३०५ जनामा सङ्क्रमण पुष्टि, ४ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा एन्टीजेन परीक्षण …

कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

महेन्द्रनगर। नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार हुनुहुन्थ्यो । सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्वसांसद …

दुर्घटनामा एक बालिकाको मृत्यु

रसुवा। पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौँबाट धुञ्चेतर्फ …

कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः निर्वाचन हुँदै

डोटी। नेपाली कांगे्रसको १४औँ महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो । जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच …