प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक

ग्लास्गो। संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गर्नुभएको छ । सम्मेलनको दोस्रो दिन नोभेम्बर …

कार्यवाहक प्रधानमन्त्री बाढीपहिरो क्षेत्रको निरीक्षणमा डडेल्धुरा

काठमाडौँ। प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाउनुभयो । सो …

मुख्यमन्त्री पोखरेलद्वारा भेटेरीनरी अस्पतालको शिलान्यास

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारका मन्त्रीत्रय मेखलाल श्रेष्ठ, डोवाटे विक र बिन्दु थापाको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले मङ्गलबार सो अस्पतालको शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले …

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

काठमाडौं । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुग्नुभएको छ । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत …

विश्व नेताहरुको शिखर सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाटमा प्रधानमन्त्री देउवा

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गर्नु भएको छ । सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र …

‘अदालत’ र ‘अर्ली इलेक्सन’ दुई विषय चर्चामा

काठमाडौं । यतिबेला मुलुकमा दुई विषय चर्चामा छ । एक अदालतको विषय, अर्को अर्ली इलेक्सन । तर, सत्ता आबद्ध पाँच दलीय गठबन्धनमा रहेका शीर्ष नेताहरूको ध्यान यी दुवै विषयमा केन्द्रित छैन । उनीहरू अदालतको विषयमा ‘धेरै नबोल्ने’ बताउँदै आइरहेका छन् …

प्रधानन्यायाधीशले राजीनामा नदिए तिहारपछि १९ न्यायाधीशहरू सशक्त आन्दोलनमा उत्रने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण …

विद्युत निर्यातको अनुमतिः पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

काठमाडौँ। नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ । …

मुख्यमन्त्री राईद्वारा सपथ ग्रहण

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई पद तथा गोपनीयता सपथ गराउनुभएको हो । यसैगरी, उहाँले नेपालको …

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ आज पनि प्रभावित

काठमाडौँ। सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन । मङ्गलबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर आज त्यो पनि हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका छवटा इजलास तोक्नुभएको थियो । जसमा चारवटा संयुक्त र दुईवटा …