तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

काठमाण्डौ।नेपाली कांग्रेस सोलुखुम्बु काठमाण्डौ सम्पर्क समितिले राहत वितरण गरि रहेको छ।दोस्रो भेरियन्टको कोरोना भाईरस बाट जनता कसरी सुरक्षित रहने भन्ने सन्देश दिदै आज ३ सय घरपरिवारलाई राहत वितरण गरेको सभापति गोकर्ण बस्नेतले जानकारी दिनु भयो।राहत कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले जनताको सुख दुखको सहयात्री नेपाली कांग्रेस मात्र भएको बताउनु भयो।उहाँले कम्युनिस्ट सरकारले जनताको स्वास्थ्यमा चासो नदेखाएकाले कुर्सीको लोभमा नफस्न आग्रह गर्नु भयो। यस्तै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेतले आफुहरु सधै जनता सँगै रहने बताउनु भएको छ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य खिलराज बस्नेत जिल्ला सचिव भलाकाजी कुलुङ नेताहरु प्रकाश सिंह कार्की राम बहादुर बस्नेत हुतराज बस्नेत आङछिरिङ शेर्पा र वेदप्रसाद वन सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत जिल्ला सदस्य द्वोय ढल बहादुर मगर र युवराज घिमिरे नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा सम्पर्क समितिका कोषाध्यक्ष नविन कार्की सचिव टार्जन कुलुङ लगाएत अन्य पदाधिकारीहरुको उपस्थिति रहेकोे सम्पर्क समितिले जनाएको छ।पर्यटन व्यवसायी एवं कांग्रेसका नेता आङछिरिङ शेर्पाको सहयोग तथा सम्पर्क समितिको समन्वयमा राहत वितरण गरिएको हो।

काठमाण्डौमा अस्थायी बसोबास गर्ने ज्यालादारी मजदुर गर्ने विद्यार्थी तथा मजदुरहरुलाई राहत वितरण गरिएको हो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …