कास्की । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।
सराङकोट धार्मिक एवं पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्यूटावर र शिव मन्दिर आइतबार अवलोकनका क्रममा मन्त्री थापाले यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउन निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासमा सरकार निजी क्षेत्रसँग समन्वय गर्दै अघि बढिरहेको छ भन्दै उहाँले निजी क्षेत्रको लगानी सुरक्षित हुनेगरी सहज नीति बनाउन स्थानीय निकायलाई आग्रह गर्नुभयो ।
निर्माणाधीन भ्यूटावर र शिव मन्दिरका साथै जामुनेबोटमा स्थापना गरिएको शहीदपार्क पर्यटक भुलाउने अर्को एउटा स्थलका रुपमा रहेको मन्त्री थापाको भनाइ थियो
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …