उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो

मनाङ ।चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा …

धान उत्पादन घट्यो

चितवन । यसवर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार यस वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा ९३ हजार ३१२ मेट्रिक टन उत्पादन भएको छ । धान उत्पादनमा यस वर्ष ६८८ …

मलको चरम अभावका कारण खेत बाँझै रहने स्थिति

काठमाडौं । मल नपाएको भन्दै विरोधमा उत्रिएका किसानको गुनासो सम्बोधन गर्न माग गर्दै नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।  कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जिल्ला सहकारी सङ्घको कार्यालय निरीक्षण, …

मेलम्ची खानेपानी आयोजनाको आयोजनास्थलसम्म खोलियो सडक

काठमाडौं । मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउनका लागि आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायीरूपमा मर्मत गरेको हो ।  अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायीरूपमा सडक …

कागजी सवारीचालक अनुमति पत्रको पनि नविकरण सुरु

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु …

सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने

काठमाडौँ ।शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । चार वर्षपछि शिक्षक नियुक्तिको विज्ञापन खुलाउन लागिएको हो । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन …

पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । चौडा बनाउन पहाड …

तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती

जाजरकोट–डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको …

सोलार आयोजना निर्माणमा युवा सङ्घर्ष समितिले लगायो ताला

काठमाडौं । नुवाकोटमा निर्माणाधीन ग्रिडमा आवद्ध सोलार आयोजनाको कार्यालयमा युवा सङ्घर्ष समितिले ताला लगाएसँगै काम बन्द भएको छ । समितिले आफ्ना माग पूरा गर्नको लागि भन्दै दबाबस्वरुप आइतबार विदुर नगरपालिका–६ स्थित आयोजनाको कार्यालयमा ताला लगाएका थिए । सामाजिक उत्तरदायित्वको जिम्मेवारी …

कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति

कर्णाली । जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।  जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्ग र कर्णाली करिडोरबाट यातायात …