तरुणदल खोटाङको आयोजनामा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

खोटाङ  । नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ खोटाङको आयोजनमा खोटेहाङ गाउँपालिका वडा नम्बर १ लिकुवापोखरीमा पुस १६ गतेदेखि वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै एकल नृत्य महिला तथा शुभकामना आदन प्रदान कार्यक्रम सुरु भएको छ। …

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना …

फिफाले रद्द गर्यो उमेर समुहको विश्वकप

काठमाण्डाै । फिफाले सन् २०२१ मा हुने भनिएको उमेर समूहकाे विश्वकप रद्द गर्ने निर्णय गरेको छ । कोरोनाको उच्च जोखिमलाई ख्याल गर्दै आगामी वर्ष हुने खेल रद्ध गरिएको फिफाले जनाएको छ। २० वर्षमुनीको विश्वकप इन्डोनेसिया र १७ वर्षमुनीको विश्वकप पेरुमा गर्ने …

शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल चैतमा

काठमाडौ । स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसँग आज छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्चालन …

धादिङमा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

धादिङ । जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।  आठ विधामा सञ्चालन हुने प्रतियोगितामा  जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल १८ समूह, पालिकाअन्तर्गतको पुरुष युगल ३५ …

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रङ्गशालाको लागि रत्ननगर नगरपालिकाद्धारा १० लाख आर्थिक सहयोग

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख …

नेपाली खेलकूदको डिजिटल अभिलेखीकरण गरिने

नेपाली खेलकूदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकूदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीले आज पत्रकार सम्मेलन गर्दै नेपाली खेलकूदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ । …

रुपन्देहीको सैनामैनामा राष्ट्रीय ब्याडमिन्टन प्रतियोगिता सुरु हुदैँ

रुपन्देही । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद  परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना आइपुगेका छन् । नगरपालिकाको मुर्गियामा आज आयोजना …

नेपालको फिफा वरियता १७१ औँ स्थानमा

काठमाडौँ। नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको वरियता अनुसार नेपाल १७१ औँ स्थानमा यथावत रहेको छ । नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण …

तेस्रो पटक बिग बास खेल्न सन्दीप अष्ट्रेलिया जाने तयारीमा

काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन् । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहनुभएका लामिछाने आगामी मङ्गलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नेछन् । अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन …