राष्ट्रपतिले जारि गरिन सात अध्यादेश

२१ वैशाख, काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

दुई हप्ता सक्रीय जिम्मेवारीबाट बिदा लिएँ : कांग्रेस नेता शर्मा

२१ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माले अबको दुई हप्ता आफु सक्रीय जिम्मेवारी बाट बिदा लिएको बताएका छन् । नेता शर्मालाई हिजो कोरोना संक्रमण देखिएको थियो । त्यस्तै उनले प्रेस पार्टी तथा शुभचिन्तकहरुसंग क्षमा …

माओवादीले बोलायो स्थायी कमिटिको बैठक

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटिको  बैठक बोलाएको छ। बैठक आज दिउँसो तिन बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिने एक नेताले जानकारी दिए । आजको बैठक वर्तमान राजनीतिको विश्लेषणमा केन्द्रीत रहनेछ । आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा …

विशेष अधिवेशनको लागि गृहकार्य सुरु , भोलि र पर्सि सांसदहरुको कोरोना परिक्षण गरिने

२१ वैशाख, काठमाडौं । आगामी  वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिनेछ । आगामी वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा …

देउवा निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्दैछ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आउँदो वैशाख २७ गते …

प्रदेशसभा सदस्यबाट राजिनामा दिएका एमालेका सांसद कांग्रेस प्रवेश

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रदेशसभा सदस्यबाट राजिनामा दिएका पाण्डेले एक कार्यक्रमका सहभागी हुँदै नेपालि कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले …

फेरीए गण्डकी र सुदुरपश्चिम प्रदेशको प्रदेश प्रमुख, आजै सपथ हुने

२० वैशाख, काठमाडौँ । गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरिएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर रिक्त पदमध्ये गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस …

थप तीन नेताहरुलाई ओलीले सोधे स्पष्टिकरण, ‘अर्को पार्टीमा लाग्नुभएको हो ?’

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका थप तिन जना नेताहरुलाई स्पष्टिकरण सोधेका छन् । सांसदहरु समिना हुसेन,  कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको  हो । स्पष्टीकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो …

मन्त्रीपरिषदको बैठक आज पनि बसिने

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बसिनेछ । हिजोको बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने लगायतका निर्णयहरु गरेको थियो …

लुम्बिनीमा दुई सांसदको अलमल , कहिले माओवादी कहिले एमाले

काठमाडौँ । लुम्बिनीमा दुई सांसदले आफ्नो बोलि फेरेका छन् ।मुख्यमन्त्री शंकर पोख्रेलविरुद्धमा लागेका दुई सांसदहरु पुन उनकै समर्थनमा लागेका छन् । सोमबार एक साझा विज्ञप्ति निकाल्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित …