उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको हो । …

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा विचाराधीन रहेका ४ सय २४ वटा ‘स्टिङ अप्रेसन’को मुद्दा खारेज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र …

संशोधनको तयारीमा ५५ वर्षअघिको ऐन, कडा कारबाही र जरिवाना प्रस्ताव

काठमाडौँ । मानव स्वास्थ्यमा हानी गर्ने गरी अखाद्य र दूषित पेयपदार्थ उत्पादन र बिक्री गर्नेलाई एक लाख रुपियाँसम्म जरिवाना र १० लाख रुपियाँसम्म क्षतिपूर्ति रकम तिर्नुपर्ने व्यवस्थासहितको नयाँ खाद्य ऐन ल्याउने तयारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण …

ईपीजी प्रतिवेदन भारत किन बुझ्न मान्दैन ?

काठमाडौं । तीन वर्षअघि १४ र १५ असार २०७५ मा काठमाडौंमा सम्पन्न नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) बैठकले साझा प्रतिवेदन तयार पारेर दुई देशका प्रधानमन्त्रीलाई बुझाउने निर्णय ग¥यो । तर, सो प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमान्दा अलपत्र …

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, कसले फुटाउँदै छ एमाले ?

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा …

स्वास्थ्य मापदण्ड पालनामा कडाइ: पालना नगरे ऐन बमोजिम कारबाही

काठमाडौ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कोभिड कन्ट्रोल व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलबार बसेको छुट्टाछुट्टै बैठकले आदेशको अवज्ञा …

आठ लाख भूमिहीन

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरणअनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय …

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन । अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको …

शिक्षण संस्था बन्द गर्ने कि नगर्ने ?

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित १५ प्रमुख सहरका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको साता बितिसके पनि सरकारले निर्णय लिन सकेको छैन । काठमाडौँ। बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा …

सीमा बैठकप्रति भारतको बेवास्ता: नेपालले तीनपटकसम्म पत्र पठाए पनि आएन जवाफ

काठमाडौँ। सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन ।भारतको बेवास्ताले प्रत्येक वर्ष …